काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बसेकाेछ ।
गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अहिले बसेको सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन् ।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार मध्यरातमा थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।
पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको हो ।

लुम्बिनी रिभ्यू