काठमाडौँ । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
टाेलीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।
आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।
साे क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय नगर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर आयोगले विश्लेषण गर्छ । विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन । निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।’’

लुम्बिनी रिभ्यू