• Saturday 25th July 2026

कहाँबाट कसकाे उम्मेद्वारी ? हेर्नुहाेस अपडेट

कहाँबाट कसकाे उम्मेद्वारी ? हेर्नुहाेस अपडेट


  • लुम्बिनी रिभ्यू

काठमाडाै । देशभर धमाधम उम्मेदवारी दर्ता भइरहेकाे छ । अधिकांश् जिल्लामा दर्ता भइसकेकाे छ । केही जिल्लामा जारी छ ।

……….

बालेन्द्रले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन् । रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

…………..

उम्मेदवारी दर्ता गराउन पुगिन् रेनु दाहाल

भरतपुर महानगरपालिकाको मेयरबाट राजिनामा दिएर चुनावमा होमिएकी रेनु दाहाल उम्मेदवारी दर्ता गराउन पुगेकी छिन्।

उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन–३ बाट चुनाव लड्दैछिन्।

……….

माअाेदीले कपिलवस्तुका ३ वटै क्षेत्रमा उम्मेदवारी दियो

नेक्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवारले जिल्लाको ३ वटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यकालागि उम्मेदवारी दर्ता गराएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ बाट सुनिल चौधरी, क्षेत्र नम्बर २ बाट राजमंगल थारु र क्षेत्र नम्बर ३ बाट विनोद लुइटेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

………..

सुर्खेत २ मा नेकपाका मल्लको मनोनयन दर्ता

आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टि (नेकपा)का झक्कबहादुर मल्लले मनोनयन दर्ता गराएका छन्।

………………..

दाहालको उम्मेदवारी र्‍याली

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालको उम्मेदवारी र्‍याली सुरु भएको छ। रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा उनको उम्मेदवारी दर्ताका लागि र्‍याली सुरु भएको हो।

दाहाल गोरखा–२ छाडेर पूर्व माओवादीको प्रभाव क्षेत्र मानिने रुकुम पूर्व पुगेका हुन्।

………………

देवकोटाको मनोनयन दर्ता

आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका नेता कुलमणि देवकोटाले मनोनयन दर्ता गराएका छन्।

…………………..

बझाङमा राप्रपाका विश्व जेठाराको उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बझाङमा मनोनयन सुरु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्व जेठाराले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

………

उम्मेदवारी दर्ता गराउन पुगे राजुनाथ पाण्डे

काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखबाट राजिनामा दिएका राजुनाथ पाण्डे उम्मेदवारी दर्ता गराउन पुगेका छन्।

उनी काठमाडौं क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बन्ने तयारीमा छन्।

………..

कैलाली–५ बाट प्यारेलाल रानाको स्वतन्त्र उम्मेदवारी

कैलाली– कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको समय तालिका अनुसार उनले नयनसिंह बडाएक मार्फत उम्मेदवारी दर्ता गराएका हुन् । रानाले केही समय अगाडि नेपाली कांग्रेस पार्टी परित्याग गरेका थिए ।

थप विवरणका लागि हेर्दै गर्नुहाेस्

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend