• Saturday 25th July 2026

एमाले अध्यक्ष ओलीद्वारा उमेेद्वारी दर्ता, राेचक बन्दै झापा

एमाले अध्यक्ष ओलीद्वारा उमेेद्वारी दर्ता, राेचक बन्दै झापा


  • लुम्बिनी रिभ्यू

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नु भएको छ ।

अध्यक्ष ओलीले मङ्गलबार दिउसो निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं. ५ मा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराउनु भएको हो । उहाँ यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–५ बाट निर्वाचित हुनु भएको थियो । ओली पटक पटक यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्दै आउनु भएको छ ।

मनोनयन पछि ओलीले यो निर्वाचन देश बनाउने र भत्काउने बिचको प्रतिस्पर्धा भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले भयरहित अवस्थामा निर्वाचन हुन्छ भन्नेमा अझै पनि शङ्का रहेको बताउँदै एमाले निर्वाचनबाट नभाग्ने उल्लेख गर्दै शान्ति सुरक्षाको अवस्था चित्त बुझ्दो नभए पनि निर्वाचनमा होमिएको उल्लेख गर्नु भयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend