काठमाडाै । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित एक समारोहबीच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गर्नुभएको छ ।
पदभारसंगै केन्द्रिय समितिकाे बैठक बसेकाे छ ।
थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश भएको छ ।
उपसभापति विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका हुन् ।

लुम्बिनी रिभ्यू