• Saturday 25th July 2026

धाेषणापत्र सार्वजनिक गर्ने पहिलाे दलकाे मुख्य एजेन्डा :संघियता खारेज

धाेषणापत्र सार्वजनिक गर्ने पहिलाे दलकाे मुख्य एजेन्डा :संघियता खारेज


  • लुम्बिनी रिभ्यू

बुटवल , गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ,समृद्ध नेपालको निमार्ण गरौँ’ भन्ने मुल नारासहित राष्ट्रिय जनमोर्चाले चुनावी घोषणापत्र २०८२ सार्वजनिक गरेको छ ।  बुटवलमा बुधबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले घोषणा पत्र सार्वजनिक गर्दै  चुनावमा पाटी वैदेशिक हस्तक्षेप र संघीयता विरोधको मूल मुद्धा लिएर जनतामाझ जाने बताउनुभयो । अध्यक्ष केसीले जेनजी आन्दोलनका नाममा असंवैधानिक रुपमा वैज्ञानिक आधार विना नै विदेशकीको इशारामा अहिलेको संसद भंग भएको र जनतामाथि अनावश्यक चुनाव लादिएको भएपनि जनमोर्चा चुनावबाट नभागेको बताउनुभयो । उहाले देश , राष्ट्रियता र सावैभौमिकता सबैभन्दा नाजुक अवस्थामा पुगेको बताउदै पाटी बलियो बनाउने भन्दा देश बलियो बनाउने र राष्ट्रियता बचाउने कुरामा जनमोर्चा लाग्ने बताउनुभयो । अध्यक्ष केसीले जेनजी आन्दोलनमा युवाहरुले  प्रकट गरेको असन्तोष र आक्रोश न्यायपूर्ण रहेको बताउदै त्यसपछि सरकार गठन र देश संचालनविधि विदेशीको इशारामा चल्दा देश संकटमा परेको दावी गर्नुभयो। देश र राष्ट्रियता बचाउन भन्दै राष्ट्रिय जनमोर्चाले यसपालिको चुनावमा  भ्रष्टाचार, पूँजीवाद, लोकप्रियतावादको विरोध गर्दै उद्योग, कृषि, पर्यावरण, पर्यटन विकास लगायतबाट देशको भविष्या कोर्ने मुद्दा लिएर जाने प्रतिवद्धता बनाएको छ ।

राष्ट्रिय जनमोर्चाले यसपाली चुनावी गठबन्धनकाे साटो एक्लै चुनावी मैदानमा जाने तयारी गरेको जनाएको छ । अघिल्ला चुनावमा गठबनदन गरेपनि आफूहरुले सोचको सहयोग नमिलेकाले अहिले त्यसलाई प्राथमिकतामा नराखेको अध्यक्ष केसीको भनाइ छ ।
राष्ट्रिय जनमोर्चाले आउदो फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा प्रत्यक्षतर्फ ४२ जिल्लाका ७७ निर्वाचन क्षेत्रमा उमेदवार उठाएको छ । समानुपातिकतर्फ १ सय १० जनालाई उमेदवार बनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend