• Saturday 25th July 2026

गुडिरहेकाे बसमा आगलागी, जलेर पूर्णरूपमा नष्ट

गुडिरहेकाे बसमा आगलागी, जलेर पूर्णरूपमा नष्ट


  • लुम्बिनी रिभ्यू

तौलिहवा । काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, टिटिहिरियामा आज बिहान आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ ।

गुडिरहेको अवस्थामा अचानक आगो लागेको बस सडक छेउमा रोकिएको थियो । बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । स्थानीयवासी प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घटनामा कुनै मानवीय क्षति नभएको बताउनुभयो । बसमा सवार सबै ४४ जना यात्रु सकुशल रहेका छन् । आगलागीले यात्रुहरूको बसमा रहेको केही सामग्री समेत जलेर नष्ट भएको छ । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend