• Saturday 25th July 2026

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन


  • लुम्बिनी रिभ्यू

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने स्पष्ट पार्नुभएकाे छ।

आज सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लरीमा भएको सरोकारवालासँगको छलफलमा निर्वाचन फागुन २१ गते नै हुने स्पष्ट पार्नुभएकाे हाे ।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीबारे ब्रिफिङ पनि लिनुभएकाे छ। जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend