बुटवल । केही दिनअघि रास्वपा सभापति रवि लामिछाने घुमेको रुपन्देही, कपिलवस्तु र नवलपरासीमा आज वरिष्ठ नेता बालेन साहले समय दिए ।
तीन दिनअघि रवि आउने समयमा भन्दा आज बालेन आउँदा यी क्षेत्रहरुमा भीड लागेको देखिन्थ्यो । यद्यपि रविले धेरै समय दिएर यी क्षेत्रहरुमा स्थानीयलाई सम्बोधन गर्दै विभिन्न क्षेत्रका उम्मेदवारहरुलाई लिएर हिंडेका थिए तर बालेनले त्यसो गरेनन् ।
विभिन्न निर्वाचन क्षेत्रमा उनले सो क्षेत्रका उम्मेदवारहरुलाई गाडीमा लिएर त हिंडे तर सम्बोधन भने गरेनन् । आज अपरान्ह रुपन्देही आएका उनी एकसरो ती क्षेत्रमा दौडेर आजै काठमाडौं फर्किए ।
रास्वपाले सार्वजनिक गरेको तालिका अनुसार अभिवादन तथा जनसम्पर्क कार्यक्रम अन्तर्गत शाह रुपन्देही आएर विभिन्न क्षेत्रमा घुमेका हुन् ।
रुपन्देहीमा सहले क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्साल, दुईका सुलभ खरेल, ३ का डा लेखजंग थापा, ४ का कन्हैया बनियाँ र ५ का तौफिक अहमद खाँनलाई भेटेर ती क्षेत्रको चुनावी माहोलबारे जानकारी लिएर केही क्षेत्रहरुमा सँगै घुमे ।

लुम्बिनी रिभ्यू