बुटवल, रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा मंगलबार बिहानै शंकास्पद वस्तु फेला परेको छ ।
लुम्बिनी गेट नजिकै कागजमा बेरिएको वस्तु भेटिएको थियो । शंकास्पद वस्तु कालीभक्ति गणबाट आएको सेनाको टोलीले तारको माध्यमबाट डिस्पोज गरेको छ । बिहानै भेटिएकाले डिस्फोजको क्रममा पजि कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।
उहाँले आज नेकपा बहुमतको नामको पार्टीले बन्द आव्हान गरेकोमा सोही क्रममा जनमानसमा त्रास फैलाउने उद्देश्यले राखिएको बताउनुभयोे ।
मंगलबार नेकपा बहुमतले बन्द आव्हान गरेकाले बन्दको प्रभाव फैलाउन उक्त वस्तु राखिएको हुनसक्ने प्रहरीको भनाइ छ । यद्यपि बन्दको प्रभाव पर्न नदिन मुख्य सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

लुम्बिनी रिभ्यू