• Saturday 25th July 2026

यस्तो छ एमाले रुपन्देही-२ को प्रतिबद्धता पत्र (पूर्णपाठ)

यस्तो छ एमाले रुपन्देही-२ को प्रतिबद्धता पत्र (पूर्णपाठ)


  • लुम्बिनी रिभ्यू

बुटवल ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमार्फत एमालेले रुपन्देही निर्वाचन क्षेत्र नं. २ लाई शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, पूर्वाधार र कृषि विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको छ ।  यी कार्यक्रम कार्यान्वयनमार्फत समृद्ध, आधुनिक र आत्मनिर्भर समाज निर्माण गर्ने पार्टीले जनाएको छ ।

उम्मेदवार विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्नु भएको प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग,व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका  योजना समेटिएका छन् ।

पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

एमालेले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । यसअन्तर्गत विद्यालय तथा कलेजको भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा गुणस्तरीय शिक्षा सुनिश्चित गरिने उल्लेख छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी तथा विदेशी विद्यार्थी आकर्षित गरिने तथा नेपाल विश्वविद्यालय स्थापना गर्न आवश्यक सहयोग गरिने जनाइएको छ । त्यस्तै लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन तथा सूचना प्रविधि विषयको विश्वविद्यालयमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ ।

बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण तथा सञ्चालन, बुटवल बहुमुखी क्याम्पसको स्तरोन्नति, विभिन्न सामुदायिक क्याम्पसमा शैक्षिक भवन तथा छात्रावास निर्माण गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । साथै कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने र प्राविधिक शिक्षालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा रुपन्देहीका नागरिकलाई उपचारका लागि राजधानी धाउन नपर्ने गरी गुणस्तरीय सेवा उपलब्ध गराउने एमालेको प्रतिबद्धता छ । लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माण पूरा गरी उपकरण र जनशक्ति व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।

सैनामैना, तिलोत्तमा लगायतका क्षेत्रमा आधारभूत अस्पताल तथा स्वास्थ्य केन्द्रको स्तरोन्नति, आयुर्वेद तथा प्राकृतिक चिकित्सा सेवाको विस्तार तथा सामुदायिक अस्पतालहरूको क्षमता वृद्धि गर्ने योजना सार्वजनिक गरिएको छ ।

स्वास्थ्य बीमामार्फत सर्वसुलभ सेवा सुनिश्चित गर्ने तथा निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने, सफ्टवेयर विकास, डाटा साइन्स, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा उद्योग सञ्चालन गर्न सहुलियत ऋण उपलब्ध गराउने एमालेले जनाएको छ ।

युवाहरूका लागि स्टार्टअप कोष स्थापना, सीप विकास तालिम, स्वरोजगार कार्यक्रम तथा विदेशबाट फर्केका युवाको सीप र पूँजीलाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने योजना पनि सार्वजनिक गरिएको छ । साथै अध्ययनसँगै काम गर्ने अवसर सिर्जना गर्ने कार्यक्रम ल्याइने उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्रमा सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्ड स्तरोन्नति गर्ने, बुटवल-नारायणगढ सडक विस्तार, विभिन्न स्थानमा पुल निर्माण तथा स्थानीय सडक सञ्जाल विस्तार गर्ने योजना समेटिएको छ ।

तिलोत्तमा, सैनामैना तथा अन्य नगर क्षेत्रमा सडक स्तरोन्नति, लिंक रोड निर्माण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्राथमिकता दिइने जनाइएको छ ।

बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरी आधुनिक शहरी पूर्वाधार निर्माण गर्ने एमालेको योजना छ । यसअन्तर्गत सडक, ढल, पार्क, पुल, फुटपाथ, वृद्ध विश्राम स्थल, पार्किङ तथा स्मार्ट बसपार्क निर्माण गरिने उल्लेख गरिएको छ । साथै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा ल्याइने योजना पनि सार्वजनिक गरिएको छ ।

औद्योगिक क्षेत्र विस्तार, निजी लगानी आकर्षित गर्ने वातावरण निर्माण, बुटवल औद्योगिक क्षेत्रको स्तरोन्नति तथा एकीकृत जाँच चौकी सञ्चालन गर्ने योजना एमालेले अघि सारेको छ । व्यापारिक क्षेत्रको पुनःव्यवस्थापन, यातायात क्षेत्र सुधार तथा लगानीमैत्री वातावरण निर्माण गरी उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य पनि उल्लेख गरिएको छ ।

पूर्णपाठ

नेकपा (एमाले) प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२
क्षेत्र नं. २, रुपन्देहीको
प्रतिबद्धता पत्र
आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
यही २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा हामी घोषणापत्र, प्रतिबद्धतापत्र र उम्मेदवारसहित यहाँहरू समक्ष उपस्थित भएका छौँ ।
हामीले देश र जनताको पक्षमा नीति तथा विधि निर्माण र कार्यान्वयनमा महŒवपूर्ण योगदान गर्नुभएका र विकासका रोलमोडलका रूपमा स्थापित विष्णुप्रसाद पौडेललाई रुपन्देही क्षेत्र नं. २ को उम्मेदवार बनाएका छौँ । विगतमा उहाँले रूपन्देही जिल्लामा, विशेष गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा विकासको गतिलाई तीव्रता दिन र भौतिक एवम् मानवीय विकासका दृष्टिले देशकै नमुना बनाउन निर्णायक भूमिका निर्वाह गर्नुभएको छ ।
यस पटक उहाँको उम्मेदवारी सबै प्रकारका विभेद, असमानता र उत्पीडनलाई अन्त्य गर्दै स्वतन्त्रता र समानतामा आधारित न्यायपूर्ण समाज स्थापना गर्नका लागि हो । मानवीय मूल्य र हाम्रो आफ्नै मौलिकतामा आधारित सुसंस्कृत, सभ्य र विकसित समाज निर्माण गर्नका लागि हो । विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको पक्षमा निर्णायक योगदान गर्नका लागि हो । संविधानको रक्षा गर्न र संविधानमा उल्लेख गरिएका जनताका अधिकार जनता स्वयम्ले उपभोग गर्न पाउने अनुकूल परिस्थिति निर्माण गर्नका लागि हो । जनमुखी कानुन निर्माण गर्न, सुशासनको प्रत्याभूति गर्न र प्रभावकारी सेवाप्रवाह गर्नका लागि हो । विकासका दृष्टिले देशकै अग्रणी र नमुना यस रूपन्देही जिल्लालाई, विशेषगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ लाई तीव्र वेगका साथ अझ बढी विकसित र समृद्ध तुल्याउनका लागि हो । हामीले यही उद्देश्य र सङ्कल्पका साथ यहाँहरूसमक्ष रूपन्देही जिल्लाको, विशेष गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को भौतिक पूर्वाधार र मानवीय विकासका सम्बन्धमा निम्नानुसारको प्रतिबद्धता प्रस्तुत गर्दछौँः

१. शिक्षा
– रूपन्देहीलाई विद्यालय शिक्षा र उच्च शिक्षाका लागि अन्यत्र जान नपर्ने गरी गुणस्तरीय र विश्वसनीय शिक्षाको केन्द्र बनाउन भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति व्यवस्थापन गर्ने ।
– लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी र विदेशी विद्यार्थीहरूका लागि आकर्षक शिक्षण संस्थामा विकसित गर्ने ।
– यस क्षेत्रमा आउन चाहेको नेपाल विश्वविद्यालयलाई आवश्यक सहयोग र सहजीकरण गर्ने ।
– लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन र सूचना प्रविधि विषयको मानित विश्वविद्यालयमा रूपान्तरण गर्ने ।
– तिलोत्तमा–१ मा बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरी सञ्चालनमा ल्याउने ।
– बुटवल बहुमुखी क्याम्पसमा गुरुयोजनाबमोजिम शैक्षिक भवन र छात्रावास भवन निर्माण गर्ने । यसलाई त्रिभुवन विश्वविद्यालयको प्रदेशकै नेतृत्वदायी क्याम्पसमा विकास गर्ने ।
– बुटवल कालिका, सिद्धार्थ गौतम बुद्ध, राममणि, पर्रोहा, सरस्वती संस्कृत विद्यापीठ, सिटी कलेज र शङ्करनगर सामुदायिक क्याम्पसहरूको शैक्षिक भवन तथा छात्रावास निर्माण र प्रविधिमा आधारित सिकाइ प्रणालीका लागि स्रोत व्यवस्थापन गर्ने ।
– यस निर्वाचन क्षेत्रअन्तर्गत कृषि क्याम्पस र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने ।
– कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयलाई पश्चिम नेपालकै उत्कृष्ट प्राविधिक शिक्षालयमा स्तरोन्नति गर्ने । बुटवल टेक्निकल इन्स्टिच्युटको पूर्वाधार र व्यवस्थापन सुधार गरी प्रभावकारी रूपमा सञ्चालन गर्ने ।
– गुरुकुल र मदरसा शिक्षालाई आआफ्नो परम्परा एवम् संस्कृतिको रक्षा र विकाससँग जोड्नुका साथै व्यावहारिक र जीवनोपयोगी बनाउने ।
– यस क्षेत्रमा सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयका लागि शैक्षिक भवन, छात्रावास, खेल मैदान र सूचना प्रविधि एवम् विज्ञान प्रयोगशालालगायतका भौतिक पूर्वाधार निर्माण गर्ने । विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक, कर्मचारीको दरबन्दी व्यवस्थापन गर्ने । संस्थागत विद्यालयको लगानी सुरक्षित गर्न, थप लगानी आकर्षित गर्न र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नीतिगत एवम् कानुनी आधार तयार गर्ने ।
– बजारको मागअनुसार अनुसन्धानमा आधारित र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने । स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई इन्टर्नसिपसँग जोड्ने ।

२. स्वास्थ्य
ड्ड रूपन्देहीको क्षेत्र न. २ का साथै समग्र रूपन्देहीका जनतालाई उपचारको खोजीमा राजधानी वा अन्यत्र जान नपर्ने गरी गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने ।
ड्ड निर्माणाधीन १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माण सम्पन्न गर्ने साथै आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने र प्रभावकारी व्यवस्थापनसहित सञ्चालनमा ल्याउने ।
ड्ड सैनामैना–४, मुर्गिया र तिलोत्तमा–६ आनन्दवन स्थित १५ शैयाको आधारभूत अस्पतालमा आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने ।
ड्ड लुम्बिनी आयुर्वेदिक चिकित्सालय तथा सैनामैना प्राकृतिक चिकित्सालयलाई शिक्षण तथा उपचार केन्द्रका रूपमा विकास गर्ने । आयुर्वेद, प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक चिकित्सा पद्धतिको दायरा र प्रभावकारिता वृद्धि गर्ने ।
ड्ड सैनामैनामा प्रस्तावित ट्रमा सेन्टरका लागि आवश्यक जग्गाको प्रबन्ध गरी निर्माणकार्य आरम्भ गर्ने ।
ड्ड गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल, लायन्स आँखा अस्पताललगायत सामुदायिक स्वास्थ्य संस्थाको पूर्वाधार विकास र स्तरवृद्धि गर्ने ।
ड्ड बुटवल, तिलोत्तमा र सैनामैनाका विभिन्न वडाहरूमा रहेका स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्रहरूको क्षमता विस्तार र गुणस्तरीय सेवाका लागि सहयोग र सहजीकरण गर्ने । यी स्वास्थ्य संस्थाहरूबाट बाल तथा प्रसूतिसेवा, दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण र उपचारको प्रबन्ध गर्ने ।
ड्ड निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग र सहजीकरण गर्ने ।
ड्ड निशुल्क रक्त सञ्चार सेवा प्रदान गर्न व्यवस्था मिलाउने ।
ड्ड स्वास्थ्य बिमामार्फत गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न पहल गर्ने ।

३. रोजगारी, स्वरोजगारी र आयआर्जन
ड्ड सूचना प्रविधि क्षेत्रमा कार्यरत एवं सूचना प्रविधि अध्ययन गरेका विशेषज्ञ युवाहरूलाई लक्षित गरी सूचना प्रविधिमा आधारित सफ्टवेयर विकाश, डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्युटिङ, भर्चुअल रियालिटी जस्ता उद्योगहरू सञ्चालन गर्नका लागि सहुलियत कर्जा, सूचना प्रविधि सेवा निर्यात गरी हुने आयमा कर छुटको व्यवस्था गर्ने ।
ड्ड यस क्षेत्रलाई डिजिटल सेवा, सफ्टवेयर विकास, आउट सोर्सिङ र सूचना प्रविधिमा आधारित रोजगारीको क्षेत्रीय केन्द्रमा विकास गर्ने ।
ड्ड छोटो अवधिको फ्रिलान्इसर, प्रोजेक्टमा आधारित रोजगारी प्रवद्र्धन गर्ने ।
ड्ड बेरोजगार जनशक्तिका लागि स्वरोजगारी, रोजगारी र आयआर्जनका लागि तालिम, बिउ पुँजी, विशेषज्ञहरूद्वारा निःशुल्क परामर्श सेवा र सहुलियत कर्जाको व्यवस्था गर्ने ।
ड्ड युवाहरूको नवीन सोँचलाई उद्यममा बदल्न स्टार्टअप सिड फन्डको व्यवस्था गरी परियोजना आधारित भएर निश्चित सीमासम्म बिना धितो ऋणको व्यवस्था गर्ने ।
ड्ड ‘पढ्दै काम गर्दै’ को नीतिअनुरूप अध्ययनरत विद्यार्थीहरूलाई उत्पादनशील उद्योग र व्यावसायिक प्रतिष्ठानहरूसँग जोड्ने । यस क्षेत्रलाई प्राविधिक शिक्षा, सिप र रोजगारीको हबमा विकास गर्ने ।
ड्ड परम्परागत सिप र कलामा आधारित उद्योग तथा व्यवसाय सञ्चालन तथा प्रवर्धन गर्न सिप विकास तथा तालिम केन्द्र सञ्चालन गर्ने । तालिम प्राप्त व्यक्तिहरूलाई उद्योग एवम् व्यवसाय सञ्चालन गर्न बिउपुँजी तथा सहुलियत ऋण उपलब्ध गराउने ।
ड्ड वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सिप, पुँजी र प्रविधिलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहयोग र सहजीकरण गर्ने ।
ड्ड टोल विकास संस्था र आमा समूह र बेरोजगार युवाहरूलाई लघुउद्यममा आबद्ध गर्न तालिम, प्रविधि र बिउपुँजीको प्रबन्ध गर्ने ।
ड्ड युवा स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र तिनलाई साना तथा मझौला उद्यम (क्ःभ्) मा रूपान्तरण गरी स्वरोजगारी, रोजगारी र आयआर्जनलाई प्रवर्धन गर्ने ।
ड्ड शैक्षिक प्रमाणपत्र धितो राखेर परियोजनामा आधारित सहुलियत कर्जा उपलब्ध गराउने कार्यव्रmमलाई प्रभावकारी बनाउने ।

४. राष्ट्रिय राजमार्ग, पुल र स्थानीय सडक सञ्जाल
ड्ड सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रूत मार्गमा स्तरोन्नति गर्ने ।
ड्ड सिद्धबाबामा निर्माणाधीन रकसेडसहितको सुरुङ मार्ग सम्पन्न गरी सञ्चालनमा ल्याउने ।
ड्ड बुटवल–गोरुसिङ्गे राजमार्ग र बुटवल–नारायणघाट राजमार्गको स्तरोन्नति कार्य सम्पन्न गर्ने ।
ड्ड पूर्वपश्चिम राजमार्गको बुटवल स्थित तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने ।
ड्ड राजमार्ग चौराहा–गोलपार्क सडकको स्तरोन्नति सम्पन्न गर्ने ।
ड्ड बेलबास–बेथरी सडकको बाँकी काम सम्पन्न गर्ने । उक्त सडकलाई नहरपुरदेखि मैनाबगर र जितगढी पुलसम्म विस्तार गर्ने ।
ड्ड सैनामैना चव्रmपथको बाँकी काम सम्पन्न गर्ने ।
ड्ड हालको बसोबास क्षेत्र सुरक्षित रहने गरी नक्साङ्कन (डिजाइन) परिमार्जन गर्ने र तिनाउ–दानव नदी कोरिडोर सडक निर्माण कार्य अघि बढाउने ।
ड्ड सैनामैनाको मेजर रोडअन्तर्गत पर्ने सडकहरूको निर्माण कार्य सम्पन्न गर्ने । पूर्वपश्चिम राजमार्गदेखि सैनामैना चव्रmपथ जोड्ने एक दर्जन लिङ्क रोडहरू निर्माण गर्ने ।
ड्ड योगीकुटीदेखि तिलोत्तमामा निर्माणाधीन बुटवल मेडिकल कलेजसम्म जोड्ने सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने ।
ड्ड योगीकुटी शान्तिचोक–डिङ्गरनगर–गोरकट्टा–पश्चिम पहुनी सडकको स्तरोन्नति गर्ने ।
ड्ड तिलोत्तमा नगरपालिकाअन्तर्गत पूर्वमा ड्राइभर टोलबाट शिवपुर र पश्चिममा ड्राइभर टोलबाट पडसरीसम्मको सडक स्तरोन्नति गर्ने ।
ड्ड गोलपार्क – बुटवल मावि – जितगढी – बँदेल पोखरी – तामनगर सडकको निर्माण सम्पन्न गर्ने ।
ड्ड रानी बगिया–झिँगामारा–कचल सडक स्तरोन्नति गर्ने ।
ड्ड बुटवल– ११ को टप मजुवा र वडा न. ६ को सुन्दरनगर जोड्न बेली ब्रिज निर्माण गर्ने ।

५. सहरी पूर्वाधार
ड्ड बुटवल– १०, रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थलका बाँकी काम सम्पन्न गरी सञ्चालन गर्ने ।
ड्ड आन्तरिक स्रोत र अन्तर्राष्ट्रिय सहयोगसमेतको आधारमा बुटवल, तिलोत्तमा, सैनामैनासहित बृहत् लुम्बिनी क्षेत्रमा आधुनिक सहरी पूर्वाधार विकास गर्न “ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट (ग्ल्याड) प्रोग्राम” सञ्चालन गर्ने ।
ड्ड एकीकृत सहरी पूर्वाधार विकास कार्यव्रmम सञ्चालन गरी निर्वाचन क्षेत्रका प्रत्येक वडामा स्थानीय सडक, ढल, नाली, फुटपाथ, स्थानीय पुल, कल्भर्ट, उद्यान (पार्क), गौशाला, खोला खोल्सी नियन्त्रण, ज्येष्ठ नागरिक विश्राम स्थल, योग र मेडिटेसन स्थल, किरियापुत्री घरलगायत आधारभूत पूर्वाधार निर्माण गर्ने साथै हरेक वडालाई सुविधासम्पन्न बनाउने ।
ड्ड यस क्षेत्रका पालिकाहरूलाई छिमेकी पालिकासँग जोडेर महानगरीय ढाँचामा सहरी पूर्वाधार निर्माण गर्ने ।
ड्ड सार्वजनिक यातायातलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउने । आवश्यक स्थानमा अन्डरपास, फ्लाइओभर निर्माण गर्ने र उपयुक्त स्थानमा जग्गा पहिचान गरी भूमिगतसहितको बहुतले पार्किङ स्थल निर्माण गर्ने ।
ड्ड बुटवलको बसपार्कलाई आधुनिक र सुविधासम्पन्न स्मार्ट बसपार्क बनाउने ।

६. उद्योग, वाणिज्य
ड्ड बसोबास तथा भोगचलन भइरहेको क्षेत्रलाई छुट्याएर मोतीपुर औद्योगिक क्षेत्रको पुनः रेखाङ्कन गर्ने र रेखाङ्कनपछि कायम भएको औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरी उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गर्ने ।
ड्ड बुटवल औद्योगिक क्षेत्रको क्षमता विस्तार र व्यवस्थापन सुधार गर्ने ।
ड्ड बुटवल धागो कारखानालाई सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुरूप आधुनिक प्रविधिसहित सञ्चालनमा ल्याउने ।
ड्ड अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपि) को निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने ।
ड्ड उद्योगमैत्री वातावरणको लागि नीतिगत सुरक्षा, ऊर्जा आपूर्ति, स्रोत र बजार व्यवस्थापनमा सहजीकरण गर्ने ।
ड्ड उत्पादन, रोजगारी र आयआर्जनका लागि अनुकूल हुने गरी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने । अनुकूल औद्योगिक तथा व्यावसायिक वातावरण र असल श्रम सम्बन्ध विकास गर्ने ।
ड्ड ठुला उद्योगका लागि लगानी मैत्री वातावरण तथा साना र मझौला उद्योगका लागि प्रोत्साहन एवम् संरक्षणको नीति अवलम्बन गर्ने । खुद्रा, किराना, हाटबजार, फुटपाथ, ठेला लगायतका व्यवसायीहरूको संरक्षण र व्यवसाय प्रवर्धनमा सहयोग गर्ने ।
ड्ड मैनाबगरको अटो भिलेज र नयाँगाउँको ट्रान्सपोर्ट भिलेजको बाँकी पूर्वाधार निर्माण सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालन गर्ने ।
ड्ड बुटवलको अमरपथ, ट्राफिक चोक, पुष्पलाल पार्क, नेपालगञ्ज रोड, जेसिस चोक, राममन्दिर लाइन, गोलपार्कलगायत बजार क्षेत्रलाई ढल निकास, सडक बत्ती, पार्किङसहित आकर्षक व्यापारिक केन्द्रमा पुनस्र्थापित गर्ने ।
ड्ड यातायात व्यवसाय क्षेत्रलाई सहयोग र संरक्षण गर्ने । यातायात व्यवसायका क्षेत्रमा रहेका समस्या समाधान गर्न व्यवसायीहरूसँगको समन्वयनमा यातायात व्यवस्थापन प्राधीकरण निर्माण गर्ने ।
ड्ड पुँजी बजारको विकास र विस्तारमा विशेष ध्यान दिने साथै पुँजी बजारका समस्या समाधान गरी लगानी कर्ताको मनोबल उठाउने र लगानी कर्ताको लगानी र प्रतिफल सुरक्षित गर्ने ।

७. कृषि
ड्ड कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उद्देश्यका साथ मेघा परियोजनाका रूपमा प्रस्तावित सेमलार कृषि उपज थोक बजारको निर्माण कार्य सम्पन्न गर्ने ।
ड्ड बुटवल– ६ स्थित् कृषि उपज बजार केन्द्रको क्षमता विस्तार र आधुनिकीकरण गर्ने ।
ड्ड कृषि उपजमा आधारित स्थानीय हाटबजारहरूको पूर्वाधार निर्माणसहित स्तरोन्नति गर्ने ।
ड्ड बुटवलमा निर्माण सम्पन्न भएर पनि राम्रोसँग सञ्चालन हुन नसकेको स्लटर हाउसको समस्या पहिचान गरी समाधान र सहजीकरण गर्ने ।
८. सिंचाइ, नदी तथा पहिरो नियन्त्रण
ड्ड कालीगण्डकी–तिनाउ नदी डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने, स्रोतको व्यवस्था गर्ने र निर्माण कार्य प्रारम्भ गर्ने ।
ड्ड तल्लो सिद्धबाबादेखि हुलाकी सडकसम्म तिनाउ तथा दानव नदीको दुवै किनारामा पक्की पर्खाल (आवश्यक ठाउँमा आरसिसी वालसमेत), बेडबारलगायतका मजबुत संचरना निर्माण गरी वस्ती संरक्षण गर्ने ।
ड्ड सोह्र छत्तिस र चार तपाह सिँचाइ प्रणालीका बाँकी काम सम्पन्न गर्ने ।
ड्ड भौगर्भिक अध्ययनका आधारमा तयार गरिएको गुरुयोजनाअनुरूप ज्योतिनगर, लक्ष्मीनगरसहित चुरे क्षेत्रको पहिरो नियन्त्रण गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने ।
ड्ड सैनामैना–३ स्थित लामी रह बहुउद्देश्यीय बाँध निर्माण गरी सिँचाइ, पर्यापर्यटन र जमिनमा पानीको पुनर्भरणको व्यवस्था गर्ने ।
ड्ड निर्वाचन क्षेत्रअन्तर्गतका सुकौरा, घमाहा समेत साना खोला, खोल्सीहरूले पु¥याइरहेको क्षति रोक्न र बस्ती एवम् खेतीयोग्य जमिन जोगाउन तटबन्धको एकीकृत योजना तयार गरी कार्यान्वयन गर्ने ।

९. संस्कृति तथा पर्यटन
ड्ड लुम्बिनी गुरुयोजनाको कार्यान्वयन सम्पन्न गर्ने । तिलौराकोट, लुम्बिनी, रामग्राम, देवदह, सैनामैनालगायत बुटवलदेखि बेलहियासम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी गुरुयोजना निर्माण गर्ने र बृहत् लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटन केन्द्रमा विकास गर्ने ।
ड्ड गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने र दोस्रो चरणको काम अघि बढाउने ।
ड्ड सैनामैना स्थित बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन्, संरक्षण र विकास गर्ने ।
ड्ड जितगढी किल्ला संरक्षण र प्रवर्धनका साथै मणिमुकुन्द सेनको शीतकालीन दरबारको संरक्षण र पुनर्निर्माण गर्ने ।
ड्ड पुरानो बुटवल (हालको वडा न. १ र २) लाई सम्पदा क्षेत्रका रूपमा संरक्षण र विकास गर्ने ।
ड्ड बोलबम धाम, सिद्धबाबा धाम, शैलपुत्री शक्तिपीठ, नीलकण्ठ बाबा धाम, मुक्तिनाथ धाम, मोक्षधाम, ब्रह्मकुमारी राजयोग केन्द्र, शृङ्गेश्वर धाम, गणेशस्थान, नारायणस्थान, सहश्रधारा, शिवालय तथा दुर्गा मन्दिरहरू, अन्तर्राष्ट्रिय बुद्ध परियति विहार, पद्म चैत्य विहार, त्रिरत्न वन्दना पुंच, महाज्ञान वौद्ध विहार, मदिना मस्जिद, रजाय मुस्तफा मस्जिदलगायत यस क्षेत्रका मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद, चर्चहरूको संरक्षण, पूर्वाधार निर्माण र विकास गर्ने ।
ड्ड तिनाउ नदीको किनारामा सन्ध्याकालीन आरती स्थल र छठ पूजास्थल निर्माण गर्ने ।
ड्ड मणिमुकुन्द सेन उद्यान (फूलबारी), हिल पार्क, शङ्करनगर वनविहार, तिलोत्तमा पार्क, मिलन पार्क, पिस पर्क, कुञ्ज पार्क, पाणिनि पार्क, रामापिथेकस पार्क, सैनामैना हिलपार्क, भैरव पार्क, लक्ष्मी पार्क, विभूति पार्कलगायतका पार्क तथा उद्यानहरूको विशेषताअनुरूप भौतिक पूर्वाधार निर्माण र व्यवस्थापन गर्ने ।
ड्ड जनजाति सङ्ग्रहालय निर्माण र थारु होमस्टेमा पूर्वाधार विस्तार गर्ने ।
ड्ड नुवाकोट, वसन्तपुरलगायत यस निर्वाचन क्षेत्रसँग जोडिएको चुरे क्षेत्रलाई हिल स्टेसनमा विकसित गर्ने ।
ड्ड सम्भाव्यताका आधारमा तिनाउ नदीमा जलाशय तथा नौका विहारका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने ।
ड्ड स्थानीय समुदायका लागि आआफ्नो परम्परा र विशेषताअनुरूपका शव अन्त्येष्टि स्थलको व्यवस्था र पूर्वाधार निर्माण गर्ने ।
१०. भूमि समस्याको समाधान
ड्ड भूमि समस्या समाधान आयोगले सुरु गरेको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी क्षेत्रको नापचाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरणको कार्य सम्पन्न गर्ने ।
ड्ड कोदाले, बिटौरी, छुट जग्गा गाउँ ब्लक, सहरी ब्लक, आँकडा, वालबुर्जा, गुठीलगायत भूमिसम्बन्धी सबै प्रकारका समस्याको समाधान गर्ने ।
ड्ड सार्वजनिक जग्गाको संरक्षण गर्ने ।

११. खेल पूर्वाधार
ड्ड रूपन्देहीमा उपयुक्त जग्गा पहिचान गरी सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न मिल्ने अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गर्ने । रुपन्देहीलाई स्पोर्टस हव बनाउने । रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई गतिशील तुल्याउन खेल पर्यटनको विकास गर्ने ।
ड्ड सिद्धार्थ व्रिmकेट रङ्गशालाको बाँकी काम सम्पन्न गर्ने । निजी क्षेत्रले निर्माण गरेको एक्ट्रा टेक ओभल व्रिmकेट स्टेडियमको निर्माण सम्पन्न गर्न सहजीकरण गर्ने ।
ड्ड बुटवल– १३ स्थित उजीरसिंह रङ्गशाला निर्माण गरी सञ्चालनमा ल्याउने ।
ड्ड बुटवल– ११ स्थित एन्फा फुटबल एकेडेमीमा प्यारापिट निर्माण र बत्ती जडान गर्ने साथै सैनामैना– ४ स्थित फुटबल स्टेडियमको स्तरोन्नति गर्ने ।
ड्ड निर्वाचन क्षेत्रअन्तर्गतका सिद्धेश्वर खेल मैदान दीप नगर, मानवज्ञान खेल मैदान रामनगर, प्रगतिनगर खेल मैदान तामनगर, सिद्धार्थ खेल मैदान चपरहट्टी, जनज्योति खेलमैदान डिङ्गरनगर, नहरपुर खेल मैदान, सीमानगर खेल मैदान, मिर्मिरे खेल मैदान बँदेलपोखरी, लुम्बिनी स्पोर्टस् कम्प्लेक्स बुटवल ६, बुटवल बहुमुखी क्याम्पसको खेल मैदानलगायत विभिन्न विधाका सानाठुला खेल मैदान तथा सम्बन्धित विधाका खेल पूर्वाधार निर्माण वा स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालन गर्ने ।
ड्ड यस क्षेत्रका विभिन्न वडाहरूमा रहेका ब्याटमिन्टन हल, भलिबल कोर्ट, आर्चरीलगायतका खेल पूर्वाधारहरूको निर्माण, खेलाडीहरूलाई नियमित अभ्यास, प्रतियोगिता र निर्वाचन क्षेत्रका प्रत्येक वडामा व्यायाम र जुम्बा अभ्यासका लागि स्थान पहिचान गर्ने र पूर्वाधार निर्माण तथा उपकरण जडान गर्ने ।
ड्ड खेलाडीहरूको स्वास्थ्य बीमा लगायतको व्यवस्था गर्ने
१२. खानेपानी तथा सरसफाइ
ड्ड निर्वाचन क्षेत्रका प्रत्येक घरधुरीमा स्वच्छ, सफा र पर्याप्त खानेपानी उपलब्ध गराउने । यथाशीघ्र झुम्सा खोला खानेपानी आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउने ।
ड्ड खानेपानीका निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने तथा आवश्यकताअनुसार थप आयोजना पहिचान गरी कार्यान्वयन गर्ने ।
ड्ड समुदायबाट सञ्चालित खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाहरूको स्तरोन्नतिका लागि बजेट व्यवस्था गर्ने ।
ड्ड सैनामैनामा निर्माणाधीन फोहोरमैला सङ्कलन तथा प्रशोधन केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने । बुटवल, तिलोत्तमा र सैनामैनालाई सफा सहरमा रूपान्तरण गर्ने तथा सफा सहरका लागि तीनै तहका जनप्रतिनिधि र आम जनताबिच सव्रिmय सहकार्य सुनिश्चित गर्ने । औषधिजन्य फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गर्ने ।
ड्ड आवश्यकताअनुसार सार्वजनिक स्थलमा शौचालयहरू निर्माण गर्ने ।

१४. विद्युत्
ड्ड यस निर्वाचन क्षेत्रमा आगामी ५० वर्षको विद्युत्को माग धान्ने गरी आपूर्ति सुनिश्चित गर्न कर्साघाटमा उच्च क्षमताको १३२÷३३ केभी सब स्टेशन निर्माण गर्ने ।
ड्ड बुटवल, सैनामैना र तिलोत्तमामा विद्युत्, इन्टरनेट र सडक बत्ती आदि सबै क्षेत्रमा प्रयोग हुने तार (केवल) लाई भूमिगत वितरण प्रणालीमा लैजाने ।
ड्ड यस क्षेत्रमा बस्तीको माझबाट लगिएको विद्युत्को हाइटेन्सन लाइनलाई बस्ती नभएको ठाउँमा स्थानान्तरण गर्ने । बाँकी रहेका हाइटेन्सन लाइनका पुराना पोलहरूलाई व्रmमशः मोनोपोलले विस्थापित गर्ने ।
१५. सञ्चार तथा सूचना
ड्ड सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने ।
ड्ड रूपन्देहीलाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न मोतीपुर औद्योगिक क्षेत्रभित्र सूचना प्रविधि केन्द्र स्थापना गर्ने ।
ड्ड रूपन्देहीका सञ्चारगृहको सबलीकरण र दिगोपनाका साथै सञ्चारकर्मीहरूको हकहितको रक्षा, सेवासुविधा विस्तार र क्षमता अभिवृद्धिका लागि विशेष कार्यव्रmम सञ्चालन गर्ने ।
ड्ड सरकारी कार्यालयबाट प्रकाशित हुने सूचना तथा विज्ञापनहरूलाई समानुपातिक प्रणालीका आधारमा उपलब्ध गराउने ।
१६. समाज कल्याण र सामाजिक सुरक्षा
ड्ड महिला हिंसा अन्त्य गर्नका लागि सचेतनामूलक शिक्षाका साथै सिप विकास र उद्यमशीलताका आधारमा महिला सशक्तीकरणमा जोड दिने ।
ड्ड सबैका लागि समान कामको समान ज्याला सुनिश्चित गर्ने ।
ड्ड श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यव्रmमलाई प्रभावकारी र उपलब्धिपूर्ण बनाउने ।
ड्ड जीवन चव्रmमा आधारित सामाजिक सुरक्षा कार्यव्रmमलाई प्रभावकारी बनाउने ।
ड्ड अपाङ्गता भएका, एकल महिला, यौनिक अल्पसङ्ख्यक, दलित एवम् उत्पीडित वर्गका लागि आर्थिक एवम् सामाजिक उत्थानका कार्यव्रmम सञ्चालन गर्ने ।
ड्ड श्रमिकहरूको प्रतिस्पर्धी क्षमता बढाउन सिपमूलक र प्रविधिमैत्री प्रशिक्षण सञ्चालन गर्ने ।
ड्ड सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायका जनतालाई राज्यका सबै निकायमा निष्पक्ष र समान अवसरको ग्यारेन्टी गर्ने ।
१७. वन तथा वातावरण
ड्ड वनजङ्गलको संरक्षण गर्ने । डढेलो नियन्त्रणका लागि वन क्षेत्रमा अग्निरेखा निर्माण गर्ने र यस क्षेत्रलाई हरियाली सहरमा विकसित गर्ने ।
ड्ड वन तथा वातावरण संरक्षणलाई आर्थिक उत्पादन, पर्यापर्यटन र आयआर्जनसँग आबद्ध गर्ने ।
ड्ड वन क्षेत्रमा ट्रेकिङ ट्रेल (पैदल मार्ग) र पर्यापर्यटनका लागि सुरक्षित र उपयोगी पूर्वाधार विकास गर्ने ।
ड्ड छाडा चौपाया नियन्त्रण गर्ने तथा सञ्चालनमा रहेका गौशालाहरूको क्षमता वृद्धि गर्ने र आवश्यकताअनुसार थप गौशालाहरू निर्माण तथा व्यवस्थापन गर्ने ।

१९. सेवाप्रवाह र सुशासन
ड्ड नीति निर्माण तथा कार्यान्वयन गर्ने निकायको क्षमता वृद्धि गरी सार्वजनिक सेवालाई प्रभावकारी र जवाफदेही बनाउने । सार्वजनिक प्रशासनलाई जनताप्रति उत्तरदायी बनाउने ।
ड्ड न्याय प्रणालीलाई विश्वासिलो र भरपर्दो बनाउने ।
ड्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नियमित जनसुनवाइ गर्ने, निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र प्रगति प्रतिवेदन सार्वजनिक गर्ने ।
ड्ड भौतिक तथा मानवीय विकासका आयोजना र कार्यव्रmमहरूको छनोट र कार्यान्वयनमा जनसहभागिता र जननिगरानी अभिवृद्धि गर्ने ।
ड्ड संविधानको मर्मअनुसार तीनै तहका सरकारको प्रभावकारिता अभिवृद्धि गर्न नीति निर्माण तथा कार्यान्वयन गर्ने निकायमा जनताको पहुँच सुनिश्चित गर्ने ।
ड्ड राज्यका सबै निकायबाट छरितो, प्रभावकारी र पारदर्शी सेवाप्रवाह सुनिश्चित गर्न निरन्तर क्रियाशील रहने ।
ड्ड भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने । भ्रष्टाचार विरुद्ध कार्यरत राज्यका निकायहरूलाई कानुन, जनशक्ति, स्रोत साधनका दृष्टिले सक्षम तुल्याउने तथा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा जनसचेतना र जननिगरानी अभिवृद्धि गर्ने ।

२०. समृद्ध रूपन्देहीका लागि आर्थिक विकास
ड्ड उद्योग, पर्यटन, सेवा, वित्त र मानवीय पूँजीलाई एकअर्कासँग समन्वित गरी रोजगारी, उत्पादन र समृद्धिको चव्रm सिर्जना गर्ने र रूपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील केन्द्रमा स्थापित गर्ने ।
ड्ड व्यावसायिक सङ्घसंस्था, स्थानीय तह र सरकारी निकायबिच समन्वय गर्दै रूपन्देहीलाई विकासको अग्रणी जिल्ला र देशकै प्रमुख आर्थिक केन्द्रमा विकसित गर्नका लागि अनुकूल हुने गरी नीतिगत व्यवस्था, कार्यव्रmम निर्धारण, योजना छनोट, स्रोत व्यवस्थापन र कार्यान्वयन सुनिश्चित गर्ने ।
ड्ड बैंक, वित्तीय संस्था र सहकारीलाई नागरिकको बचत सुरक्षित र लगानी कर्ताको लाभ सुनिश्चित हुने गरी कानुन, संरचना र व्यवस्थापन सुधार गर्ने ।
ड्ड सबै प्रकारका आर्थिक तथा सामाजिक विभेद र असमानता अन्त्य गर्दै समतामूलक र विभेदमुक्त समाज निर्माण गर्ने ।
ड्ड मानवीय पुँजीमा आधारित अर्थतन्त्रको विकास गर्ने ।
ड्ड चव्रिmय, हरित र जैविक अर्थतन्त्रको प्रवद्र्धन गरी दिगो विकास सुनिश्चित गर्ने ।
आदरणीय मतदाता महानुभावहरू,
नेकपा एमाले रूपन्देही क्षेत्र न. २ ले समृद्ध, न्यायपूर्ण र विकसित समाज निर्माणको स्पष्ट मार्गचित्र कोर्दै उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, कृषि, पर्यटन, रोजगारी र सुशासनलाई समेट्दै समग्र विकासको योजना अघि सारेको छ । गुणस्तरीय शिक्षादेखि अत्याधुनिक स्वास्थ्य सेवा, सडक तथा सहरी पूर्वाधार विस्तार, लगानीमैत्री वातावरण, खेलकुद र पर्यटन प्रवद्र्धन, सामाजिक सुरक्षा र हरित अर्थतन्त्रमार्फत रूपन्देहीलाई सबल राष्ट्रिय आर्थिक केन्द्र बनाउने लक्ष्य राखिएको छ । हामी पारदर्शिता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, जवाफदेही प्रशासन र जनसहभागितामा आधारित शासनमार्फत दिगो समृद्धि हासिल गर्न प्रतिबद्ध छौँ । तसर्थ सूर्य चिह्नमा मतदान गरी विष्णुप्रसाद पौडेललाई अत्यधिक मतले विजयी बनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

नेकपा (एमाले)
प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २, रूपन्देही

३ फागुन २०८२

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend