• Saturday 25th July 2026

संविधान सभा सदस्य विनोद पहाडी एमालेमा प्रवेश

संविधान सभा सदस्य विनोद पहाडी एमालेमा प्रवेश


  • लुम्बिनी रिभ्यू

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् ।

उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरीले पार्टीमा स्वागत गरेका छन् । उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुन् ।

एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढणालाई आधार मानेर रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए ।

पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए । उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गरेका हुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend