• Saturday 25th July 2026

केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको सिफारिस

केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको सिफारिस


  • लुम्बिनी रिभ्यू

काठमाडौं । २३ र २४ भदौको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको सिफारिस गरेको छ ।

जाँचबुझ आयोगसम्बद्ध स्रोतका अनुसार, तत्कालीन प्रहरी महानिर्देशक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिपशम्सेर जबरा, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारी लगायतमाथि फौजदारी कारबाहीको सिफारिस गरेको हो ।

बल प्रयोगमा भूमिका खेलेको आरोपमा आयोगले त्यतिबेला ओहोदामा रहेका केही व्यक्तिहरूलाई कारबाहीको सिफारिस गरेको हो ।

तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भूमिकाबारे केही विश्लेषण गरे पनि के कस्तो कारबाहीको सिफारिस भएको छ वा छैन भन्ने कुरा सार्वजनिक भएको छैन ।

फौजदारी कारबाहीको सिफारिस कार्यान्वयन भएमा आयोगको प्रतिवेदनलाई जाहेरी मानेर प्रहरीले व्यक्ति हत्याको आरोपमा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाउँछ । त्यसक्रममा संलग्न भएका भनिएका व्यक्तिहरू पक्राउ पर्ने र उनीहरू विरुद्ध प्रमाण भेटिए मुद्दा चलाउने सिफारिस समेत हुनसक्छ ।

यो पनि पढ्नुहोस

के छ जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा ?

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend