• Saturday 25th July 2026

एमालेकाे नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन योगेश भट्टराईकाे अपिल

एमालेकाे नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन योगेश भट्टराईकाे अपिल


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन आमसाधरणसँग अपिल समेत गरेका छन् ।

‘निर्वाचनमा आफ्नो मत मार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो,’ भट्टराईले लेखेका छन्, ‘हामीले आफूभित्र सर्वाङ्‍गीण रूपान्तरण मार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनुपर्दछ ।’

२३ र २४ भदौ पछि पार्टीले लिएको नीतिप्रति असहमति जनाएर पार्टी बैठक र महाधिवेशनमा राखे पनि अस्वीकृत भएको सम्झदै भट्टराईले उक्त बहस पुन: खुला गर्नुपर्ने उल्लेख गरेका छन् । नीति र नेतृत्वबारे बहस गरेर जाँदा एमाले फेरि उठ्ने उनले विश्वास समेत गरेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend