काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका सांसदको नाम सिफारिस गर्न बैठक बस्न लागेकाे हाे।
बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ।
तर आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको बैठक भोलि बस्ने तय भएको प्रवक्ता मनिष झाले बताए।
बैठक भोलि बिहान १० बजे पार्टी पार्टी कार्यालय वनस्थलीमा बस्नेछ।

लुम्बिनी रिभ्यू