• Friday 24th July 2026

ह्वाट्सएप ह्वाक गरी ठगी गर्नेहरूकाे बिगबिगी, ठगिनबाट जाेगिन र जाेगाउन प्रहरीकाे अनुराेध

ह्वाट्सएप ह्वाक गरी ठगी गर्नेहरूकाे बिगबिगी, ठगिनबाट जाेगिन र जाेगाउन प्रहरीकाे अनुराेध


  • लुम्बिनी रिभ्यू

काठमाडौं । केही दिन यता ह्वाकरहरूले ह्वाट्सएप (WhatsApp) ह्याक गरी पैसा माग्ने र ठगी गर्ने क्रम अति बढेकाे छ ।

ह्याकरहरूले प्रतिष्ठित ब्यक्तिहरू, नेता, प्रहरी, न्यायाधीशदेखि पत्रकारहरूसम्मका ह्वाट्सएप ह्याक गरी ठगिरहेका छन् ।

ह्याकरहरूले विभिन्न व्यक्तिको ह्वाट्सएप अकाउन्ट नियन्त्रणमा लिएर उनीहरूका ह्वाट्सएमा सेभ भएका साथीभाइ तथा आफन्तका नम्वरमा  म्यासेज पठाउने गरेका छन् । आफू समस्या/अप्ठ्यारोमा परेको भन्दै पैसा माग्ने, बैंकिङ एपमा समस्या आएको भन्दै क्यूआर कोड पठाएर ठगी गर्ने गरेका छन् ।

यस्ता घटना बढ्दै गएपछि नेपाल प्रहरीको साइबर ब्युरोले नागरिकलाई सचेत गराएको छ ।

ब्युरोका प्रवक्ता दीपकराज अवस्थीद्वारा हस्ताक्षरित अनुरोधसहितको सूचनामा ह्वाट्सएपमा कसैले पैसा मागे तुरुन्त विश्वास नगर्ने र सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर मात्र यकिन गर्ने, आफ्नो ह्वाट्सएप सुरक्षाका लागि Two-Step Verification राख्ने, ओटीपी कसैलाई सेयर नगर्ने, शंकास्पद लिंकमा क्लिक नगर्न साथै अपरिचितबाट आएका लिंक र फाइल नखोल्ने/डाउनलोग नगर्न सचेत गराइएको छ ।

प्रहरीकाे अनुराेध

 

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend