• Saturday 25th July 2026

नारायणघाट–बुटबलको दाउन्ने सडकखण्ड ठप्प: यात्रुको बिचल्ली, यातायात अस्तब्यस्त

नारायणघाट–बुटबलको दाउन्ने सडकखण्ड ठप्प: यात्रुको बिचल्ली, यातायात अस्तब्यस्त


  • लुम्बिनी रिभ्यू

काठमाडौ । निरन्तर वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलको दाउन्ने सडकखण्ड ठप्प भएको छ।

सडक अत्यधिक चिप्लो र हिलाम्य बनेपछि उक्त खण्ड शुक्रबारदेखि नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सडक पुनः अवरुद्ध हुँदा सवारी साधन लामो जाममा परेका छन्। यसले सवारी व्यवस्थापनमा निकै समस्या भएको उहाँले बताउनुभयो।

प्रहरीका अनुसार पैसट्ठीमोड र विश्वकर्मा मन्दिर नजिक बढी समस्या देखिएको छ। वर्षासँगै सडक हिलाम्य भएपछि सवारी साधन उकालो चढ्न नसकी बिच बाटोमै अड्किएका छन्।

सडकको अवस्था बिग्रिएपछि रातिका लागि ठुला तथा मालवाहक सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। सडक आयोजनाले शुक्रबार सूचना जारी गर्दै चैत ६ देखि ८ गतेसम्म राति ठुला तथा मालवाहक सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend