• Saturday 25th July 2026

कांग्रेसको निचोड: अन्तर्घातले २१ ठाउँमा पराजय

कांग्रेसको निचोड: अन्तर्घातले २१ ठाउँमा पराजय


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निचोड निकालेको छ ।

जारी केन्द्रीय कार्यसमिति बैठकबीच सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले घात अन्तर्घातका कारण हारिएका क्षेत्र २१ सीट रहेको बताए ।

उनले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारण देखिएको बताए ।

५ भोटदेखि ३ हजार मतान्तर हारिएको ठाउँ २१ क्षेत्र रहेको उनको भनाइ छ । ३ देखि ५ हजार मतान्तर रहेको क्षेत्रमा पनि अन्तर्घातसँगै चुनावी क्याम्पियन चलाउने प्रक्रियामा त्रुटि भए कि भन्ने प्रारम्भिक निचोड रहेको चालिसेले बताएका छन् ।

चालिसेले भने, ‘साढे ८ लाख क्रियाशील सदस्य रहेको पार्टीमा किन १७ लाखमात्र मत आयो ?’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend