काठमाडौँ । पार्टी अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।
ललितपुर र काठमाडौँमा नारा जुलुससहित प्रशासन कार्यालय पुगेर एमालेले ज्ञापनपत्र बुझाएको थियो ।

लुम्बिनी रिभ्यू