• Friday 24th July 2026

विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा: भाेली र पर्सी कहाँकाे माैसम कस्तो हुनेछ ?

विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा: भाेली र पर्सी कहाँकाे माैसम कस्तो हुनेछ ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। बागमती प्रदेशको काठमाडौंलगायत पहाडी भेगमा मेघ गर्जनसहित वर्षा भएकाे छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको र बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।

गण्डकी प्रदेशमा धेरै स्थानहरुमा, बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भएको छ ।

मङ्गलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । सो प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend