• Saturday 25th July 2026

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, तर म्याद नथप्न परमादेश

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, तर म्याद नथप्न परमादेश


  • लुम्बिनी रिभ्यू

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

तर अब उनीहरुको म्याद नथप्न परमादेश जारी भएको छ ।

ओली र लेखक दुवैको हिजो मात्र तेस्रो पटक ५ दिनका लागि म्याद थप भएको थियो ।

न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो परमादेश गरेको हो ।

सर्वोच्चको परमादेश अनुसार अब म्याद थप्न पाइने छैन । ५ दिनभित्र मुद्दा बुझाउनुपर्ने हुन्छ ।

अब उनीहरु २५ गतेभित्र साधारण तारेख वा धरौटीमा छुट्ने छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend