• Friday 24th July 2026

आशा भोसले: जसमा थिए असाधारण कला

आशा भोसले: जसमा थिए असाधारण कला


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । भारतीय सङ्गीत जगतकी प्रख्यात  गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको निधन भएको हो।

उपचारका क्रममा आइतबार उहाँको निधन भएको हो। हृदयाघात र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शनिबार अस्पताल भर्ना हुनुभएकी भोसलेको स्वास्थ्यमा सुधार नभई उहाँको निधन भएको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँको अन्तिम संस्कार सोमबार अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिने छ।

१९३३ सेप्टेम्बर ८ मा साङ्गलीमा जन्मिनुभएकी आशा पण्डित दीनानाथ मङ्गेशकरकी तेस्रो सन्तान हुनुहुन्थ्यो। १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गर्नुभएकी उहाँले सात दशक लामो अवधिमा ११ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ। सन् २०११ मा गिनिज वर्ल्ड रेकर्ड्सले उहाँलाई विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गराउने कलाकारको रूपमा मान्यता दिएको थियो।

भोसलेले ‘नयाँ दौर’, ‘तीसरी मञ्जिल’, ‘उमराव जान’, ‘इजाजत’ र ‘रङ्गीला’ जस्ता सयौँ चलचित्रमा अविस्मरणीय गीत गाउनुभएको छ। उहाँले दुई पटक राष्ट्रिय पुरस्कार, दादासाहेब फाल्के पुरस्कार (२००१) र पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको छ। सन् १९९७ मा उहाँ ग्रामी अवार्डका लागि मनोनयन हुने पहिलो भारतीय गायिका समेत बन्नुभएको थियो।

उहाँको निधनले भारतीय सङ्गीत जगतमा एउटा स्वर्णिम युगको अन्त्य भएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend