• Saturday 25th July 2026

चितवनमा रास्वपाकाे प्रथम महाधिवेशन

चितवनमा रास्वपाकाे प्रथम महाधिवेशन


  • लुम्बिनी रिभ्यू

चितवन, असार ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रथम महाधिवेशन आजदेखि चितवनमा हुँदैछ ।

प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह  महाधिवेशनमा सहभागी हुन यहाँ आइपुग्नु भएको छ ।

अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले जानकारी दिनुभयो ।

रास्वपाले पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्न लागेको हो । प्रधानमन्त्री शाह पार्टीको वरिष्ठ नेता हुनुहुन्छ ।

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतासँगै रास्वपाका करिब पाँच हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend