चितवन । प्रधानमन्त्री बालेन शाहले सिमा सम्वन्धमा आफूले संसदमा दिएकाे अभिव्यक्तिबारे धेरै पछि प्रष्टिकरण दिएका छन् ।
आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा जवाफ दिएका हुन्।
प्रधानमन्त्री बालेनले संसद्मा स्पस्टीकरण दिएका थिएनन्। उनको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्टीकरण दिएका थिए।
बाेलेन भन्ने विषयलाई व्यंग्य गर्दै उनले भने,’नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ ।’ जुन प्रतिपक्ष दलहरुलाई व्यंग्य थियो।
त्यस्तै उनले सीमा विवादको विषयमा प्रमाणका आधारमा कुरा गरेको बताए ।
प्रधानमन्त्री शाहले भने,‘हामीले मध्यस्थकर्ता गर्न खोजेको होइन। हामीसँग प्रमाण छैन भने त्यो खोज्न हामी त्यहाँसम्म पनि जानुपर्छ भनेको हो ।’ उनले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्न आग्रह गरे ।

लुम्बिनी रिभ्यू