• Friday 24th July 2026

मन्त्रीपरिषद् बैठक: कार्की बने मुख्य सचिव

मन्त्रीपरिषद् बैठक: कार्की बने मुख्य सचिव


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बुधबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गरेको हो ।

उहाँ यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

बैठकका थप निर्णयहरु यस्ता छन्

१ काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने ।
२ गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।
३ विदेशी शैक्षिक कार्यक्रम ९सञ्चालन र नियमन० नियमावली, २०८३ स्वीकृत गर्ने ।
४ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन र व्यवस्थापन० नियमावली, २०८३ स्वीकृत गर्ने
५ कारागार नियमावली,२०८३ स्वीकृत गर्ने ।
६ मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना ९२०८३÷०८४–२०८७÷८८० स्वीकृत गर्ने ।
७ भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ९२०८२ । ८३–२०८७ । ८८० स्वीकृत गर्ने ।
८ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend