• Monday 3rd August 2026

अक्सफोर्ड सेकेन्डरी स्कुलद्वारा वातावरण संरक्षण सचेतना अभियान सम्पन्न

अक्सफोर्ड सेकेन्डरी स्कुलद्वारा वातावरण संरक्षण सचेतना अभियान सम्पन्न


  • लुम्बिनी रिभ्यू

आदिप्सन ज्ञवाली

अक्सफोर्ड सेकेन्डरी स्कुलले वातावरण प्रिमियर लिग (ईपीएल) २०२६ अन्तर्गत वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।

त्यसैगरी, विद्यार्थीहरूले सार्वजनिक स्थानमा सरसफाइ अभियान सञ्चालन गर्दै सडक तथा आसपासका क्षेत्रमा छरिएका फोहोर संकलन गरी उचित व्यवस्थापन गरेका थिए। अभियानका क्रममा स्थानीय बासिन्दा, व्यवसायी तथा सर्वसाधारणसँग प्रत्यक्ष अन्तरक्रिया गरी वातावरण संरक्षणमा प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण हुने सन्देशसमेत प्रवाह गरिएको थियो।

अभियानमा सहभागी विद्यार्थीहरूले बुटवलका विभिन्न सार्वजनिक स्थानमा पुगेर “घटाउन सकिँदैन भने पुनः प्रयोग गरौं” भन्ने सन्देशसहितका प्लेकार्ड प्रदर्शन गर्दै सर्वसाधारणलाई प्लास्टिकको प्रयोग न्यूनीकरण गर्न, पुनःप्रयोगको बानी बसाल्न तथा वातावरणमैत्री जीवनशैली अपनाउन आग्रह गरेका थिए।

यस अवसरमा प्लास्टिकको झोलाको विकल्पका रूपमा पुनः प्रयोग गर्न मिल्ने कपडाका झोलाहरू वितरण गरी वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गरिएको थियो। साथै, सहभागीहरूले सरसफाइ अभियान सञ्चालन गर्दै सार्वजनिक स्थानमा रहेका फोहोर संकलन गरी उचित व्यवस्थापन गरेका थिए।

कार्यक्रममार्फत वातावरण संरक्षण सबैको साझा दायित्व भएको सन्देश प्रवाह गरिएको थियो। विद्यार्थीहरूको सक्रिय सहभागिताले वातावरणीय चेतना, सामाजिक उत्तरदायित्व तथा दिगो जीवनशैलीप्रति सकारात्मक सोच अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुऱ्याएको विद्यालयले जनाएको छ। यस्ता अभियानहरूले स्वच्छ, हरित र दिगो समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend