• Wednesday 12th August 2026

अनेमसंघ रुपन्देही–२ मा सरिताको नेतृत्व

अनेमसंघ रुपन्देही–२ मा सरिताको नेतृत्व


  • लुम्बिनी रिभ्यू

बुटवल , अखिल नेपाल महिला संघ रुपन्देही २ को दोस्रो क्षेत्रीय सम्मेलनबाट सरिता नेपाल ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

मंगलबार बुटवलमा सम्पन्न सम्मेलनबाट अध्यक्ष सहित ३५ सदस्यीय क्षेत्रीय कमिटी सर्वसम्मत चयन भएको छ। कमिटिको उपाध्यक्षमा सुनिता केसी शारदा भण्डारी, सचिवमा गंगा ज्ञवाली, सहसचिवमा कृष्णकुमारी थापा तथा कोषाध्यक्षमा सरिता पाण्डे चयन हुनुभएको छ। क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ गरी २३ वटा वडाको प्रतिनिधित्व हुने गरी क्षेत्रीय कमिटी गठन गरिएको हो।
कमिटीको सदस्यहरूमा रचना थापा, जमुना नेपाल, लक्ष्मी गैरे, सविता घिमिरे, अप्सरा पाण्डे, गीता पाण्डे, लक्ष्मी अर्याल, कमला ढकाल शर्मा, कृष्णा भट्टराई, विष्णु खत्री, मीना खड्का, अम्बिका पन्थ, कोपिला थापा, मीना थापा, यज्ञकुमारी गौचन, कल्पना न्यौपाने, बसन्ता भुसाल, नेत्रकला अधिकारी, उर्मिला खनाल, लक्ष्मी ढकाल, सुमित्रा पोखरेल, विष्णुकुमारी घिमिरे, चन्द्री ठाडा मगर, सिर्जना आचार्य, श्रीमाया श्रेष्ठ र बिलन बर्देवा निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं। २ को १ को संयोजकमा रमा ज्ञवाली, सहसंयोजकमा बसन्ती भुसाल तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को २ को संयोजकमा भगवती गैरे सर्वसम्मत चयन हुनुभएको छ।
यसअघि सम्मेलमा बोल्ने वक्ताहरुले अखिल नेपाल महिला संघले विभिन्न आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएको बताउनुभयो । महिलाहरुमा राजनीतिक चेतना जगाउदै राजनीतिक तथा सामाजिक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्न अखील नेपाल महिला संघले खेलेको भूहिका अब थप उचाइमा लैजानुपर्ने बताए । महिला अधिकार, सहभागिता , सहअस्तित्व र नेतृत्व विकासका लागि संगठनले निरन्तर काम गर्दै आएको र अब पनि थाक्न नहुने उनीहरुले सुझाब दिए । प्रमुख वक्ता तथा पार्टी केन्द्रीय कमिटी सदस्य गोमा देवी आचार्यले महिलालाई नेतृत्वमा पुर्याउन आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्ता समयमै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेमसंघ रुपन्देही इन्चार्ज ज्ञानु केसीले महिलाको सहभागिता र सक्रियताले पार्टी संगठनलाई थप बलियो बनाउन सहयोग पुग्ने भन्दै उनले निर्वाचन केन्द्रित अभियानमा महिला संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा नेकपा ९एमाले० रुपन्देही जिल्ला कार्यवाहक सचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले निर्वाचन क्षेत्रीय कमिटी संयोजक ऋषिराम पाण्डे तथा अखिल नेपाल महिला संघ रुपन्देही जिल्ला अध्यक्ष विष्णु केसीले पनि मन्तव्य राख्नुभएको थियो। सम्मेलनमा संगठनका आगामी कार्यक्रम, महिला सहभागिता तथा संगठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा पार्टी तथा अखिल नेपाल महिला संघका विभिन्न तहका नेता‌कार्यकर्ता र प्रतिनिधिको सहभागिता रहेको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend