• Thursday 10th September 2026

पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने सरकारी आकलन

पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने सरकारी आकलन


  • लुम्बिनी रिभ्यू

बुटवल, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन ९आरडिएनए० प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो।

पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ। जहाँ ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका ५ वटा सोलार प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने देखिन्छ।

बाढीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी ७ हजार ५ सय ७० वटा निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, ७ वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बजेट आवश्यक छ।

यसैगरी, व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ लाग्ने आकलन गरिएको छ। उत्पादन क्षेत्रअन्तर्गत १ हजार ८०६ हेक्टर कृषि बाली, १७ वटा बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन्।

५ जिल्लाका प्रभावित १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको छ।

विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले औँल्याएको छ।

प्रतिवेदनले पुनःनिर्माणलाई दुई चरणमा विभाजन गरेको छ। जसअनुसार, आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनःनिर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र दीर्घकालीन पुनःनिर्माणका लागि ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

आशिष सामाजिक सेवा नेपालका निर्देशक युवराज विकले समय परिवर्तनसंगै मानव बेचबीखनका स्वरुप फेरिदै गएको बताउदै त्यसअनुसारका अभियान आवश्यक परेको बताउनुभयो । आशिष सामाजिक सेवाले १९ वर्षदेखि मानव बेचबिखन तथा लैंगिक हिंसा अन्त्यका क्षेत्रमा काम गर्दै आएको छ । निर्देशक विकका अनुसार संस्थाले मानव बेचबिखन तथा लैंगिक हिंसाबाट प्रभावित र उच्च जोखिममा रहेका महिला तथा किशोरीको रोकथाम, सशक्तीकरण, व्यावसायिक पुनर्स्थापना तथा शिक्षाको अवसर सिर्जनाका क्षेत्रमा काम गर्दै आएको छ।

संस्थाका अध्यक्ष हेमबहादुर आलेले बेचबीखनको जोखीममा रहेका र जोखीमबाट उद्धार गरिएका महिला तथा किशोरीलाई पुर्नस्थापना र सीप विकासमा काम गरेको बताउनुभयो । उहाका अनुसार बुटवल र चितवनमा सञ्चालित सीपमूलक तालिम केन्द्रबाट हालसम्म २२९ जना लाभान्वित भएका छन्। मानव बेचबिखन तथा लैंगिक हिंसाबाट प्रभावित र उच्च जोखिममा रहेका महिलालाई लक्षित गरी संस्थाले कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा संस्थाका आर्थिक संयोजक दानबहादुर गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष गंगा घिमिरे, हाम्रो भरोसा नेपालकी सिन्धु ढकाल, कार्यक्रम सञ्चालक रोशन सुनुवारलगायतले मानव बेचबीखन रोकथामका लागि गर्नुपर्ने कामबारे सुझाब दिनुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend