काठमाडौँ । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ ।
निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो ।
आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरले मत दिने समय साँझ ५ः०० बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेर मत दिन बाँकी मतदाताले त्यसपछि पनि मतदान गर्न सक्ने बताउनुभयो ।
आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रुपमा स्थगनको घोषणा भएको छैन ।
दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समाधान भएको थियो । केहीबेर मतदान स्थगनपछि दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा अहिले पनि मतदान जारी छ ।
मतदानको विस्तृत विवरणबारे आज साँझ ६ः१५ बजे आयोगले पत्रकार सम्मेलन गरेर जानकारी गराउने जनाएको छ ।

लुम्बिनी रिभ्यू