काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अधिकांश स्थानमा, नेपाली कांग्रेसका उम्मेदवार ११ स्थानमा, नेकपा (एमाले) का उम्मेदवार १० स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नौ स्थानमा अगाडि छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, र स्वतन्त्र उम्मेदवार एकरएक स्थानमा अगाडि छन् ।

लुम्बिनी रिभ्यू