• Saturday 25th July 2026

चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार

चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार


  • लुम्बिनी रिभ्यू

काठमाडौ । निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता कायम गर्न आयोगले तोकेको आचारसंहिता र कानुनी व्यवस्थाअनुसार उम्मेदवारहरूले धमाधम विवरण पेस गर्न थालेका हुन् ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारका क्रममा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तोकिएको समयभित्र खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने उम्मेदवारलाई कानुनबमोजिम कारबाही हुने भएपछि उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत समेत विवरण सार्वजनिक गरिरहेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend