• Saturday 25th July 2026

समानुपातिक नाम छनौट गर्दै दलहरु, कुन दलले कति पाउँदैछन् ?

समानुपातिक नाम छनौट गर्दै दलहरु, कुन दलले कति पाउँदैछन् ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ ।

यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम छनोटमा व्यस्त छन् । आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको सूची पठाउन बिहीबार ६ दललाई पत्राचार गरेको थियो ।

आयोगको पत्र पाएपछि ६ वटै दल बन्दसूचीमा रहेका नामहरूमध्येबाट क्लष्टर मिलाउन लागि परेका हुन ।

कुन दलले कति पाउँदैछन् ?

निर्वाचन आयोगले समानुपातिकबाट दलहरूले पाउने सिटको टुंगो लागेको छ । आयोगले समानुपातिक मतका आधारमा दलहरूले पाउँने सिटको टुंगो लगाएको हो । आयोडगका अनुसार, अवको संसदमा ६ दलले समानुपातिक सिट पाएका छन् ।
सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ ।

दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको पाएको छ । श्रम संस्कृति र राप्रपाले समान चार सिट पाएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा यसअघिनै सार्वजनिक भइसकेको थियो ।

प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट, नेपाली कांग्रेसले १८ सिट, नेकपा एमालेले ९ सिट, नेपाली कम्युनिस्ट पार्टीले ८ सिट, श्रम संस्कृति पार्टीले ३ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उमेदवारले १ सिट जितेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend