• Saturday 25th July 2026

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना


  • लुम्बिनी रिभ्यू

काठमाडौ । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको बताए । उनले दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताए । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend