• Saturday 25th July 2026

बाढी र पहिरोका कारण जताततै प्रभाव, विपी राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण जताततै प्रभाव, विपी राजमार्ग अवरुद्ध


  • लुम्बिनी रिभ्यू

काठमाडौं- हिजो देखि परेको भारी वर्षाका कारण आएको बाढी पहिरोको कारण बीपी राजमार्ग अवरुद्ध बनेको छ।

आज बिहान साढे तीन बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

शुक्रबार दिउँसोदेखिको वर्षापछिको बाढीपहिरोले काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगामा लगायतका ठाउँमा सडक अवरुद्ध बनेको हो।

ठाउँठाउँमा खसेको पहिरो र रोशी खोलाको बाढीले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

०८१ साल असोज १२ गते रोशीमा आएको ठूलो बाढीले बीपी राजमार्ग क्षतविच्छत भएको छ।

सडक बाढीले बगाउँदा डाइभर्सनबाट गाडी चल्दै आएका थिए। त्यही डाइभर्सन सडक पनि गएराति बाढीले बगाउँदा रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगामा सडक अवरुद्ध बनेको हो।

प्रहरीले आज बिहानबाट सम्बन्धित निकायबाट सडक खुलाउने कार्य भइरहेको जनाएको छ।

अहिले बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेकाले वैकल्पिक सडक प्रयोग गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरुलाई अनुरोध गरेको छ।

सडक अवरुद्ध हुँदा यतिबेला सयौँ सवारी साधन काभ्रेका विभिन्न ठाउँमा रोकिएका छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend