काठमाडौं । प्रहरीले पूर्व पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ ।
गुण्डुस्थित निवासबाट प्रहरीले ओलीलाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
उता भक्तपुरको सूर्यविनायकस्थित घरबाट लेखकलाई पक्राउ गरिएको उनका निजी सचिव जनक भट्टले जानकारी दिए।
पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरी रातारात एक्सनमा उत्रिएको थियो ।
पक्राउपछि एमाले कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।
एमालेका सचिव महेश बस्नेतले एमालेले आजैदेखि आन्दोलन थाल्ने बताए ।

लुम्बिनी रिभ्यू