• Saturday 25th July 2026

ओली पक्राउको प्रतिवाद गर्ने एमाले निर्णय, सचिवालयले तय गर्यो यस्ता कार्यक्रम

ओली पक्राउको प्रतिवाद गर्ने एमाले निर्णय, सचिवालयले तय गर्यो यस्ता कार्यक्रम


  • लुम्बिनी रिभ्यू

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ ।

आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । प्रत्येक जिल्ला सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।

यस्तै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग संवाद र सहकार्य तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने बैठकले निर्णय गरेको पार्टी  महासचिव शंकर पोखरेलले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend