काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
बबरमहल क्षेत्रमा केहीबेरदेखि अवस्था तनावपूर्ण बनेको हो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले आवश्यक बल प्रयोग गरिरहेको छ ।
काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा हिजोदेखि नै एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।
ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।
एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र पनि बुझाएका छन् ।

लुम्बिनी रिभ्यू