
बुटवल । सिद्धार्थ बहुउद्देश्य सहकारी संस्था लिमिटेड बुटवल ९ ले रक्तदान, पुरस्कारदेखि अनाथलाई सहयोगसम्मका कार्यक्रम गरेको छ ।
सहकारीको २३ आँै स्थापना दिवसको अवसरमा सप्ताहव्यापि कार्यक्रम गर्दै यस्ता मानवीय एवं सामाजिक सेवाका कार्यक्रम गरेको हो । सहकारीले बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा रहेका आश्रितहरुलाई सहयोग स्वरुप खाद्यान्न सहयोग गरेको छ । आश्रममा बसेर अध्ययन गर्ने विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरेको छ भने भवन निर्माणका लागि नगद ५ हजार एक सय रुपैया प्रदान गरेको छ । संस्थाका अध्यक्ष बाबुलाल नेपालले आश्रमका उपाध्यक्ष लिलाराम रोक्का मगरलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यस्तै सोही दिन सहकारी संस्थाका सदस्यहरुका छोराछोरी मध्येबाट २०७८ सालको कक्षा १२ को परीक्षामा सर्वोउत्कृष्ट जिपिए प्राप्त गर्ने २ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुने विद्यार्थीहरु छात्र तर्पm ३.७३ प्राप्त गर्ने थानेश्वर भण्डारी तथा कौशिला गैरेका छोरा सुप्रिम भण्डारी र छात्रातर्पm ३.७६ प्राप्त गर्ने शेयर सदस्य खिमानन्द भण्डारीकी छोरी रञ्जना भण्डारी रहेका छन् ।

यस्तै सहकारीले मंगलबार रक्त संचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा ५६ यूनिट रगत संकलन गरिएको थियो । संस्थाका निवर्तमान अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षता र नेपाल स्वंयसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको प्रमुख आथित्यमा कार्यक्रम गरिएको थियो । शिक्षा तथा सामाजिक उत्तरदायीत्व उप–समितिका संयोजक शिव बहादुर अधिकारीको स्वागत र व्यवस्थापक ओम प्रकाश भट्टराईको संचालनमा कार्यक्रम गरिएको थियो ।

लुम्बिनी रिभ्यू