बुटवल । अफेयर्स नेपाल प्रालिको आयोजनामा बुटवलमा मंगलबारबाट शुरू भएको शैक्षिक मेलामा विधार्थीको आकर्षण बढेको छ।
दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको भारतका २० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहेको मेलामा आएका बिधार्थीले आफुले पढ्न चाहेको बिषयका बारेमा जानकारी लिएका छन् ।
विद्यार्थीहरुले यसरी शैक्षिक मेला हुदा आफुहरुले प्रत्यक्ष रुपमा अध्ययन गर्न चाहेको विषय र लाग्ने शुल्कबारे बुझेर अगाडि बढ्न सकिने हुदा यस्ता मेलाले विद्यार्थीलाइ फाइदा हुने बताए। एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरूका बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।
शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ ।
भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी २० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गर्न लागेको मेलामा आज सयौको संख्यामा विद्यार्थीको उपस्थिति रहेको अफेयर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक कुमार थपलियाले जनाएका छन्।

लुम्बिनी रिभ्यू