बुटवल, बुटवलमा पुलबाट तिनाउ नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।
करिब ४०।४५ वर्षका पुरुष बिहीबार साझ ६ बजे बुटवल उपमहानगरपालिका–११ बुद्धनगर पुलबाट नदीमा हाम फालेका एक पुरुष बेपत्ता भएका हुन् । हाम फालेर बेपत्ता भएका व्यक्तिको पहिचान खुलेको छैन । यद्यपि उनी केही दिन यता पुल आसपासमा देखिने गरेको प्रत्यक्षदर्शीहरुले बताए ।
प्रत्यक्षदर्र्शीहरुका अनुसार पुलमा पुगेर बरबराउदै उनी केही बेर हाम फाल्ने प्रयास गरेका थिए । पुलमा शीतल खान गएका स्थानीयले व्यक्तिले उनलाई सम्झाउने तथा रोक्ने प्रयास गरेका थिए । तर, स्थानीयले रोक्ने प्रयासका गरेपनि ती पुरुषले पुलबाट हाम फालेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले नदीमा हाम फालेका व्यक्तिको खोजी कार्य भइरहेको बताउनुभयो । घटना भएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेनालगायतको सुरक्षा टोली घटनास्थलमा खटेको उहाँको भनाइ छ ।

लुम्बिनी रिभ्यू