• Saturday 25th July 2026

यस्ताे छ बुटवलको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्ताे छ बुटवलको नीति तथा कार्यक्रम (पूर्णपाठ)


  • लुम्बिनी रिभ्यू

बुटवल  ।  बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाण्डेले बेरोजगारी न्यून गर्ने, स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्न गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने, श्रम बैक र श्रम डेक्स सञ्चालन गरी श्रमिकहरूलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीति लिएको बताए ।

विद्यालयहरूमा विषयगत सिकाई उपलब्धि अभिवृद्धिका लागि विषय विभाग गठन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा तहको प्यारामेडिकलका विषयहरू अध्यापन गराउन प्रक्रिया अघि बढाउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको अध्ययनका लागि पहल गर्ने, अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनका लागि सहकार्य गर्ने नीति लिने प्रमुख पाण्डेले बताए ।

नीति तथा कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलक तथा दुबो लगाएर हरियालीयुक्त बनाइने उल्लेख छ ।

संस्थागत विद्यालयले लिने शुल्कलाई निश्चित मापदण्डका आधारमा निर्धारण गरी न्यायोचित बनाइने, बुटवलको उपयुक्त स्थानमा ई लाइब्रेरी स्थापना गर्ने उल्लेख छ ।

यस्तै, खेलकुदतर्फ नगरले एन्फा टेक्निकल सेन्टरसँगैको क्षेत्रलाई स्पोर्टस् जोनका रुपमा विकास गर्ने, वडा नं १३ जबईमा राष्ट्रिय स्तरको फुटवल रंगशाला र वडा नं १६ डहरगाउँमा राष्ट्रिय क्रिकेट रंगशाला,  निर्माण गर्ने नीति अघि सारेको छ ।

एक वडा एक ज्येष्ठ नागरिक चौतारी निर्माण,  एक वडा एक पहिचान, एक वन एक पोखरी, एक पार्क, चुरे पहाडको पहिरो नियन्त्रण गर्दै पार्क निर्माण गर्न सहकार्य गर्ने नीति नगरले अघि सारेको छ ।

पार्किङ व्यवस्थापनका लागि स्मार्ट पार्किङ कार्यक्रम अघि सारेको नगरले निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजना सञ्चालन गर्ने नीति लिने भनेको छ ।

यस्ताे छ पूर्णपाठ

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend