• Saturday 24th October 2026

पूर्व उपसचिव ज्ञवालीको आत्मकथा ‘पदभन्दा ठुलो पौरख’ बजारमा

पूर्व उपसचिव ज्ञवालीको आत्मकथा ‘पदभन्दा ठुलो पौरख’ बजारमा


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेपाल सरकारका पूर्व उपसचिव मीनप्रसाद ज्ञवालीद्वारा लिखित आत्मकथा ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ ।
शनिवार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहका बिच इतिहास बिद प्रा.दिनेश राज पन्तले पुस्तक लोकार्पण गरेका हुन् ।


सो अवसरमा बोल्दै उनले इतिहास विधाप्रति चाख बढिरहेको बताए । ज्ञवालीको आत्मकथा सबैका लागि ज्ञान र प्रेरणाको श्रोत रहेको चर्चा गर्दै इतिहास बिद पन्तले पुस्तकमा उल्लेखित बहु आयामिक पौरखका कुराहरू प्रशंसनीय रहेको बताए ।


लेखक ज्ञवालीले आफ्नो पुस्तक व्यक्तिगत कथा मात्र नभएर सिङ्गो परिवार, समाज र समयको साक्षी भएको बताए । पुस्तकमा सङ्घर्षशील विद्यार्थी, समर्पित राष्ट्र सेवक, सङ्घर्ष र सृजनशीलताबाट अघि बढेको उद्यमी, बैङ्कको विश्वासिलो ऋणी, सचेत नागरिक लगायतका रूपमा भोगेका अनेकौँ अनुभव र अनुभूतिहरू समेट्ने प्रयास गरेको उनले बताए ।

कार्यक्रममा पूर्व मन्त्री प्रदीप कुमार ज्ञवालीले पूर्व उपसचिव ज्ञवालीको आत्मकथाभित्र अनेक सन्देश र इमानदार अभिलेख रहेको चर्चा गरे ।
घोस्ट राइटिङ नेपालको आयोजनामा भएको कार्यक्रमका अध्यक्ष कमल ढकालले पुस्तक नेपाली मध्यम र निम्न मध्यम वर्ग उठाउने माध्यम भएको बताए ।


सो अवसरमा विद्युत् नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धिताल, उपप्राध्यापक तथा साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली, सहन्यायाधिवक्ता हरिशंकर ज्ञवाली, नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवाली, संविधानसभा सदस्य सूर्यबहादुर सेन वली, डा.चोपलाल भुसाल, डा.शङ्करमान राई, साहित्यकारहरू भागीरथी श्रेष्ठ, भागीरथी ज्ञवाली लगायतले पुस्तकका बहु आयामिक पक्षहरूबारे चर्चा गरेका थिए । त्यस्तै मनीषा ज्ञवाली, आकृति ज्ञवाली, सुवासचन्द्र पौडेल, डा.पल्लवी ज्ञवाली लगायतले बोलेका थिए ।


घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकको सम्पादन रेनुका आचार्यले गरेकी छन् ।

४४८ पृष्ठको पुस्तकमा लीलामणि पौडेल, प्रा.गोपीकृष्ण शर्मा, उपप्राध्यापक ज्ञानमणि ज्ञवाली, ठाकुर शर्मा भण्डारी, भागीरथी ज्ञवाली, डा. अरुण ज्ञवाली र मनीषा ज्ञवालीका शुभकामना, भूमिका र मन्तव्यहरू रहेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend