बुटवल । पूर्व गोर्खा सैनिकहरुले आफ्नो ज्ञान र अनुभव देश विकासमा लगाउने बताएका छन् ।
बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा उनीहरुले उर्भर उमेर गोर्खा सैनिकमा खर्चिएपनि त्यसबाट आर्जित रेमिट्यान्स राज्यको राम्रो आम्दानी भइरहेको उनीहरुले बताए ।

गोर्खा राइफल्स ७/८ पूर्व सैनिक परिवार बुटवलले आफ्नो ४४ औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा उनीहरुले त्उस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि सुवदार मेजर लालबहादुर थापाले देश विकासमा भूमिका खेल्न र रेमिट्यान्सको सही सदुपयोगमा ध्यान दिन आग्रह गरे ।
सभापति क्याप्टेनन मानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि क्याप्टेन टोपबहादुर थापा, कार्यक्रम संचालक बेलबहादुर थापा रहेका थिए ।
कार्यत्रक्रममा गोर्खा राइफल्स ७/८ जीआरका रुपन्देही, कपिलवस्तु नवलपरासी पश्चिमका सबै परिवार सहभागी थिए । उनीहरु हरेक असार १७ मा भेला हुनुे र वाषिकोत्सव मनाउने तथा परिवारजन भेटघाट गर्ने र रमाइलो गर्ने गरेका छन् ।

लुम्बिनी रिभ्यू