• Saturday 25th July 2026

उपत्यकाको सुरक्षा संघीय प्रहरीलाई दिने तयारी,प्रदेश प्रहरीको अधिकार कटौती गर्ने मनसाय होइन : गृहमन्त्री खाण

उपत्यकाको सुरक्षा संघीय प्रहरीलाई दिने तयारी,प्रदेश प्रहरीको अधिकार कटौती गर्ने मनसाय होइन : गृहमन्त्री खाण


  • लुम्बिनी रिभ्यू

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताउनुभएको छ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदले उठाएका जिज्ञासाको जवाफ दिनेक्रममा गृहमन्त्री खँणले यस्तो बताउनुभएको हो।

गृहमन्त्री खाणले भन्नुभयो, ‘‘सरकारले जुन विधेयक ल्याएको छ। यो राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याएको हो। यसमा प्रदेश प्रहरीको अधिकार कटौती गर्ने कुनै मनसाय होइन। खाली काठमाडौं, ललितपुर र भक्तपुरलाई काठमाडौं उपत्यका भन्ने जुन प्रचलन छ। त्यसको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको हो।’’

उहाँले सो विधेयकमा सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गरेर संघीय प्रहरीलाई दिने कुनै मनसाय नराखेको पटकपटक दोहोर्‍याउनुभयो। राजधानी काठमाडौंमा दैनिकजस्तो सुरक्षा संवेदनशीलताका घटना बढ्दै गइरहेको उल्लेख गर्दै गृहमन्त्री खाणले यस्ता घटनामा नागरिकको सुरक्षाका लागि पनि प्रहरी परिचालन बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको स्मरण गराउनुभयो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend