बुटवल । बोटबिरुवा रोपौं जोगाऔं, हरियाली बढाऔं भन्ने मूल नारासहित लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले बुटवलमा वृक्षरोपपण गरेको छ ।हरियाली जोगाउदै वातावरण संरक्षण गर्न भन्दै जीतगढीस्थित दुर्गाशीवाय पञ्चायन मन्दिर परिसरका बुधबार बिहान वृक्षरोपण गरिएको हो ।

जसमा २५ वटा शोभायमान फूल, असोका लगायतका बिरुवा रोपिएको अध्यक्ष कमला पन्थले बताइन् । रोपेका सबै बिरुवा जोगाउन भन्दै डोजर लगाएर खाल्डा खन्ने र सबैलाई फलामे बार लगाएर घेर्ने काम समेत क्लबले गरेको छ । यी सबै कामका लागि १ लाख ३७ हजार ५ सय रुपैया खर्च भएको अध्यक्ष पन्थले बताइन् ।

क्लबले वृक्षरोपण कार्यक्रमसंगै वृक्षरोपण र बिरुवाको महत्वबारे औपचारिका कार्यक्रम आयोजना गरेको थियो । क्लबका अध्यक्ष कमला पन्थको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सीता रायमाझीले गरेकी थिइन् । कार्यक्रम संयोजक कमला वश्यालले कार्यक्रमको औचित्यसहित धन्यवाद ज्ञापन र कोषाध्यक्ष पुष्पा सापकोटाले आर्थिक आयव्यव बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पिएमजेएफ डिस्ट्रिक गर्भनर नवराज न्यौपाने, फस्ट भाइस डिस्ट्रिक गर्भनर एमजिएफ अर्जुनमान सैजु, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गा, सिनियर डिष्ट्रिक एडभाइजर टंक प्रसाद गैरे , डिस्ट्रिक एडभाइजर राधिका भुसाल, डिस्ट्रिक एडभाइजर कोपिला रसाइली, डिस्ट्रीक एडभाइजर पुर्व अध्यक्ष सीता भट्टराई, डिष्ट्रिक चिफ एमजेएफ पार्वती ज्ञवाली, एरीयाचिफ लायन माधव खनाल, रिजनल चियर पर्सन जमुना पाण्डे, जोन चियर पर्सन अनामिका घिमिरे, आइपीपी अमृता कार्की पौडेल, रोटरी क्लब अफ बुटवल डाउन टाउनका पूर्वअधयक्ष रविलाल पोखरेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरे लगायतले सुझाब तथा शुभकामना दिएका थिए ।


लुम्बिनी रिभ्यू