• Saturday 25th July 2026

आफूलाई कोरोना छ कि छैन ? घरमै बसेर यसरी थाहा पाउने

आफूलाई कोरोना छ कि छैन ? घरमै बसेर यसरी थाहा पाउने


  • लुम्बिनी रिभ्यू

काठमाडौं । घरमै बसेर आफूलाई कोरोना (कोभिड १९) भाइरस छ कि छैन थाहा पाउने मोबाइल एप स्वास्थ्य मन्त्रालयले संचालन ल्याएको छ।
आइतबारदेखि स्वास्थ्य मन्त्रालयले कोरोना पहिचानको लागि http://covid19.mohp.gov.np मोबाइल एप संचालनमा ल्याएको हो। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था मिलाउन मोबाइल एप संचालनमा ल्याएको हो।

आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले एप सञ्जालमा ल्याएको जानकारी गराएका हुन्। मन्त्रालयले सार्वजनिक गरेको यो एपबाट देशभर कति क्वारेन्टाइन, आइसोलेसन छन् लगायतका विवरणसमेत थाहा पाउन सकिन्छ।

एपमा अस्पतालमा आफूले खोजे अनुसारको सुविधा भए नभएको विषयमासमेत जानकारी गराउने छ। प्रवक्ता देवकोटाका अनुसार एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिनेछ। एपकै सहयोगमा घरमै बसेर हरेक व्यक्ति आफैले आफूलाई कोरोना भएनभएको बारेमा जानकारी लिन सक्नेछन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend