• Saturday 25th July 2026

राम बहादुरकी श्रीमती कसरी भइन अविवाहित ?

राम बहादुरकी श्रीमती कसरी भइन अविवाहित ?

वडाध्यक्ष रानाले आइतबार भिडभाडको समयमा ख्याल नगर्दा कमजोरीले यस्तो भएको स्वीकार गरेका छन्


  • लुम्बिनी रिभ्यू

काठमाडाैँ । गुल्मीको सत्यवती गाउँपालिका वडा नं ८ का वडाध्यक्ष होमबहादुर रानाले विवाहित महिलालाई अविवाहित सिफारिस गरेपछि अहिले चर्चामा आएका छन् ।

आइतबार वडा कार्यालयले दिएको सिफारिसमा स्थानीय गौमाया आलेलाई अविवाहित प्रमाणित गरेको सिफारिस पत्र बाहिर आएपछि सबैको चासो बढेको हो ।

सिफारिस पत्रमा सत्यवती गाउँपालिका ८ भोसै निवासी हिरालाल छन्तेलको छोरी, रामबहादुर आलेको श्रीमती नाप्रनं १६ की गौमाया आलेलाई अविवाहित भएको सिफारिस गरिएको छ भन्ने पत्रमा वडाध्यक्ष होमबहादुर रानाले हस्ताक्षर गरेका छन् ।

वडाध्यक्ष रानाले आइतबार भिडभाडको समयमा ख्याल नगर्दा कमजोरीले यस्तो भएको स्वीकार गरेका छन् ।

‘एकल महिलाका लागि दिन यस्तो पत्र बनाइएको थियो, उहाँलाई अर्कै सिफारिस दिनुपर्नेमा यस्तो भएछ, पछि सच्चाइएको छ तर प्रचारमा यही गल्तीलाई मात्र ल्याइयो, कमजोरी स्वीकारेका छौँ’, रानाले भने ।

उनले गल्तीसँगै सच्चाइएको पनि पत्र राखिदिन पत्रकारलाई आग्रह गरेका छन् ।

दिनभर भाइरल भएकाे पत्रबारेकाे याे समाचार नेपाल प्रेस लगायतमा अनलाईनहरुले प्रकाशित गरेका छन् ।

सच्चाइएको  पत्रमा श्रीमानकाे मृत्युपछि निज गौमायाले हालसम्म  अर्काे बिबाह नगरेकाे ब्यहाेरा उल्लेख छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend