ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संघीय संसद्को निर्वाचन मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग बिहीबार आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष दाहालले संघीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताएका हुन् । अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने कुरा गर्नुभएको छ । मैले संघीय संसद्मा विचाराधिन केही विधेयकलाई टुंगो लगाएर मात्रै घोषणा गरौं भनेर आग्रह गरेको छु ।’
उनले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजाने र त्यसमा कुनै पनि दायाँबायाँ नहुने बताए । उनले गठबन्धनलाई कायम राखेर विचार मिल्ने पार्टी र शक्तिसँग पनि मिलेर अगाडि बढ्ने स्पष्ट पारे ।

लुम्बिनी रिभ्यू