• Saturday 25th July 2026

मंसिर ४ गते निर्वाचन पक्कापक्की

मंसिर ४ गते निर्वाचन पक्कापक्की


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताउनुभएको छ । शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने उहाँको भनाइ छ । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन समेत दिनुभयो । नेपाली काँग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको उहाँले बताउनुभयो । कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुनेगरेको उहाँले चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मंसिर ४ गते त निर्वाचन पक्कापक्की छ । केही दिनमा त्यो औपचारिक रुपले घोषणा हुन्छ ।’ प्रेस युनियन सम्बद्ध पत्रकारलाई जागरुक गरेर सरकारको कामबारे प्रकाशन प्रशारणमा ध्यान दिन उहाँले निर्देशन दिनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend