• Saturday 25th July 2026

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा हुने

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा हुने


  • लुम्बिनी रिभ्यू

काठमाडौं । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो ।

बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठकस्थलबाटै एक मन्त्रीले चुनावको मिति मंसिर ४ तोकिएको र अन्य एजेण्डामा छलफल भइरहेको बताए ।
यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend